काठमाडौं। नेपाली गीत–संगीतमा युवाहरु माझ र्याप गीत तथा हट गीतको प्रभाव पनि दिनानुदिन बृद्धि भैरहेको छ। यसक्रममा बढ्दो युवाहरुको चाहना अनुरुप गायिका तथा मोडल शिलु पोखरेलले र्याप गीत तथा हट गीत गाएर त्यसको भिडियो सार्वजनिक गरिएको भिजन संसार डटकमलाई बताएकी छन्।

गायिका पोखरेलको र्याप गीत तथा हट गीतका भिडियो सार्वजनिक हुंदा ताली भन्दा बढी गाली पाएको भएतापनि हालआएर ताली दिनेहरुको संख्यामा व्यापक बृद्धि भएको दावी गायिका तथा मोडल पोखरेलको रहेको छ।

समाजशास्त्रमा स्नातक गरेकी गायिका तथा मोडल पोखरेल आफू हट गायिका भन्दा र्यापर गायिका भएको र र्यापर हिपहप क्लोथिङको विजनेश वुमन भएको बताएकी छन्।

गायिका पोखरेलको काठमाडौं महानगरपालिका वडा नंबर १० नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा एसके हिपहप क्लोथिङ स्टोर रहेको छ। गायन तथा मोडलिङ अलावा अर्को पेशा हिपहप क्लोथिङको व्यापार रहेको पनि गायिका पोखरेलले खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।