काठमाडौं। नेपाल वाहिर सात समुद्रपारि अमेरिका रहेरपनि गौरबशाली नेपाली आर्ट कलालाई जीवन्त राख्ने कार्य सिद्धहस्त कलाकार रविन पियावाट भएको छ।

Mr.Rabin Piya-Vetran Cartonist Artist of Nepal

यतिखेर विश्वभर कोरोनाको महामारी रहेको छ। विश्वका अधिकाँश देश लकडाउनमा रहेको छ। यो लकडाउनमा सिद्धहस्त नेपाली कलाकार रविन पियाले घरैमा बसेर सहज तथा सरल रुपमा एक्रिलिक आर्ट पेन्टिङ सिकाउने कार्य शुरु गरेका छन्।

कलाकार पियाको आधिकारिक युट्युब च्यानल पिया रविन मार्फत यसप्रकारको गजबको कार्य प्रारम्भ भएको हो। कलाकार पियाले लकडाउनको वर्तमान अवस्थामा एक्रिलिक आर्ट पेन्टिङ सहज रुपमा सिकाउन थालेका हुन।

विशेष गरेर विद्यार्थी भाइबहिनी देखि सवैले सहज रुपमा उक्त युट्युब च्यानल हेरेको भरमा पनि सहज रुपमा एक्रिलिक आर्ट पेन्टिङ सिक्न सकिने कलाकार पियाको ठहर तथा दावी रहेको छ।

 

प्रकाशन मिति–२०७७ साल बैशाख १५ गते सोमवार ।