काठमाडौं। हिरोभन्दा भिलेनले अत्यन्त चर्चा पाएको हलिउड तथा बलिउडका फिल्मसंग टक्कर दिने नेपाली फिल्म ऐश्वर्य युट्युबमा पनि रिलिज भएको छ।

विसं.२०७४ सालको कार्तिकमा नेपाल लगायत विश्वभरी एकैसाथ रिलिज भएको अत्यन्त प्रतिष्ठित नेपाली चलचित्र ऐश्वर्यको युट्युबमा रिलिज भएको हो।

कोरोनाको कहरमा विश्व लकडाउन भैरहेको वर्तमान अवस्थामा घरैमा बसेर राम्रा नेपाली चलचित्र हेर्ने चाहनेहरुका लागि चलचित्र ऐश्वर्य उत्कृष्ट चलचित्र हो। जसमा हिरो रमेश उप्रेतीको भूमिकालाई भिलेन प्रशान्त ताम्राकारको हाउभाउ तथा डाइलगले हिरोलाई उछिन्न सफल भएको छ।

यो फिल्मका कारण प्रशान्त ताम्राकारको हाइट निक्कै बढेको
थियो। त्यसमाथि, यस फिल्मकी हिरोइन दीपिका प्रसाईको बलिउड स्टाइलको रोल तथा सोही अनुरुपमको अभिनयले पनि यस फिल्म अब्बल बनेका छ।

कुनैपनि कम्प्रोमाइज नगरिएको यो फिल्मको फिल्माँकन पनि उत्कृष्ट देखिएको छ। यस फिल्मको निर्माण हिरो रमेश उप्रेतीले गरेका हुन। रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकारको अलावा युगिन नेपाली फिल्म झुमाका हिरो अर्जुन श्रेष्ठ,केकी अधिकारी,निर्मल शर्मा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। निर्देशन दिवाकर भट्टराईले गरेका छन्।

बुढासुव्वा म्युजिकको अफिसियल युट्युब च्यानलवाट यस फिल्मको युट्युबमा रिलिज भएको छ। यहाँ क्लिक गरेर चलचित्र ऐश्वर्य तपाईहरु पनि हेर्न सक्नु हुन्छ–

प्रकाशन मिति–२०७७ साल बैशाख १६ गते मंगलवार ।