काठमाडौं। अर्गानिक खाद्य सामाग्री र तरकारी सामान्यभन्दा अलि महंगो भएतापनि स्वास्थ्यको लागि अति गुणकारी हुने गर्दछ।

स्वास्थ्य राम्र्रो हुने भएको कारण अनाहकमा विरामी बनेर अस्पातालको महंगो बिल तिर्नुपर्ने तथा औषधि खानुपर्ने विविध समस्या आएमा अझ धेरै महंगो हुने तथ्यलाई मनमुरी कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष जयकला बस्नेतको जिकिर रहेको छ।

त्यसकारण, आयातित रसायनिक पदार्थ प्रयोग गरिएका खाद्य सामाग्री तथा तरकारी खानुभन्दा दुई पैसा महंगै तिरेर भएपनि आफ्नै गाउँठाउंमा गाईबस्तुको मल प्रयोग गरेर उत्पादन गरेका अर्गानिक खाद्यबस्तु खान अध्यक्ष बस्नेतले अनुरोध गरेका छन्।

स्वस्थकर खाद्यबस्तु तथा तरकारीलाई सहज र सुलभ रुपमा उपलव्ध गर्न र गराउन काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा मनमुरी कृषि उपज बजार नै खोलिएको जानकारी मनमुरी कृषि सहकारी संस्थाकी उपाध्यक्ष गीता सुवेदी राईले भनेकी छन्।

मनमुरी कृषि उपज बजारले विद्यमान जारी लकडाउनको अवस्थामा पनि अर्गानिक खाद्य सामाग्रीको अलावा हरिया ताजा तरकारी सहज र सरल रुपमा उपलव्ध गराउने व्यवस्था गरिएको अध्यक्ष बस्नेतले भिजन संसार डटकमको भिडियो अन्तरवार्तामा भनेकी छन्।

तीन बर्षअघि स्थापना भएको मनमुरी कृषि उपज बजारले कागेश्वर मनहरा नगरपालिकाको अलावा काठमाडौ महानगरपालिका, मध्यपुरथिमी नगरपालिकासम्म पनि सेवा पुर्याउने कार्य गरेको छ। यहाँवाट विभिन्न स्थानहरुमा होम डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको अध्यक्ष बस्नेतले भनेकी छन्।

प्रस्तुत छ–मनमुरी कृषि उपज बजारको अवलोकन भ्रमणको भिडियो वार्ता

प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।