ललितपुर। नेपाली सेनावाट अवकाश प्राप्त नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको स्वर्गवास भएको १३ औं दिनमा मानव सेवा गर्ने कार्य भएको छ। स्वर्गवासी लिम्बुको धर्मात्मा ज्वाई तथा सञ्चारकर्मी नारायण लिँखा देवानको संयोजकत्वमा मानव सेवा भएको हो।

ललितपुरको हरिसिद्धि हातिवनमा अवस्थित मानव सेवा आश्रममा पुगेर ससुराको १३ औं दिनको पूण्यतिथिमा त्यहाँ रहेका बृद्धबृद्धा बा–आमा नारायण र लक्ष्मीहरुको सेवा गर्ने कार्य भएको छ। त्यहाँ आश्रिमत बा–आमाहरुको लागि आवश्यक खाद्यान्न तथा लत्ताकपडा वितरण गर्ने कार्य नारायण लिँखा देवानको संयोजकत्वमा भएको मानव सेवा आश्रम ललितपुरले जनाएको छ।

लामो समय नेपाली सेनामा कार्यरत रहेर अवकाश पश्चात सामाजिक सेवामा पनि तल्लिन लिम्बुको ९३ बर्षको उमेरमा बैशाख ८ गते सोमवार निधन भएको थियो।

प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।