ललितपुर। ललितकलाको अनुपम शहर ललितपुरको चापागाउँ यसै त मनोरम स्थान अझ भक्तपुरे मल्लराजाको सन्तान देशारहरुले धेरै बर्ष राज चलाएको स्थान भएको कारण चापागाउँको ऐतिहासिक महत्व रहेको छ। यो गौरबमय चापागाउँमा जन्मेका फाइन आर्टका अदभूत कलाकार अजय देशारको जन्मस्थान पनि यही चापागाउँ हो।

भक्तपुरे मल्लराजाका सन्तानको कुलमा जन्मेका अदभूत कलाकार अजय देशारले कलाकारिता गर्न थालेको दशकौ भैसकेको छ। त्यसको अलावा ललितपुरकै मंगलवजार सौगलमा योङ पिकासो कम्युनिटी आर्ट स्कुल खोलेर सात बर्षिय बालबालिका देखि ७० बर्षिय बृद्धसम्मलाई फाइन आर्ट पढाउने कार्यमा इतिहास नै रचिसकेका छन्।

यिनै फाइन आर्टका तपस्वी कलाकार अजय देशारले नेपाल वाहेक बेलायतमा पनि लामो समय बसेर नेपाली फाइन आर्टलाई चम्काउने कार्य गरिसकेका छन्। त्यसको अलावा विभिन्न देशमा समय–समयमा अनेक सेमिनार गरेर नेपालको गौरबमय कलाकारितालाई उच्चस्थान राख्न टेवा दिने कार्य हुंदैआएको छ। यतिखेर नेपालमा लकडाउन रहेको छ।

लकडाउनको यो समयमा कलाकार अजय देशार कलाकै सिर्जनामा तल्लिन छन्। लकडाउनमा नयाँ भन्दा नयाँ सिर्जना गर्नमा अजय देशार  व्यस्त छन्। अजय देशारको यो अदभूत कलाकारितामा जीवन संगीनी शितु मास्केको पनि व्यापक साथ र सहयोग रहेको छ। शितु मास्के पनि अजय देशार जस्तै राम्रो कलाकार हुन।

अजय देशारको कलाकारितावाट सदा मोहित शितु मास्केको कलाकारितामा पनि अदभूत शैली रहेको छ। दुवैको सुरमा ताल मिलेजस्तै रमेर कलाको गौरबमय बेग्लै दुनियाँमा आफूहरुलाई भुलाउंदै नेपाल र नेपाली कलाकारितालाई चिनाउने कार्यमा व्यस्त छन्। दुवै कलाकारितामा मनमगन छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख २३ गते मंगलवार ।