काठमाडौं। विगत २० वर्षदेखि लगातार आकाशमा उडान भर्दैआएका यति एअरलाइन्समा कार्यरत मनकारी पाइलट रमेश श्रेष्ठ नेपालमा जारी लकडाउनमा सडकको गुडानमा अत्यन्त व्यस्त बनेका छन्।

कोरोनाभाइरसको महामारीको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनका कारण धेरैजना बेखर्ची बनेका छन्। कयन भोकभोकै परेका छन्। उनीहरुलाई नगद तथा खाद्यान्न लगायतका सामाग्री अन द स्पट पुगेरै राहत दिने कार्यमा पाइलट रमेश श्रेष्ठ र उनको जीवन संगीनी लिला मास्के लगायतका टीमको व्यस्तता बढे्को छ।

कहिले गाडीमा त कहिले मोटरसाइकलवाट लकडाउनमा विपदमा परेकाहरुलाई अन द स्पट पुगेर राहत दिन पुग्दा आकाशमा हवाइजहाज उडाउने पाइलट रमेश श्रेष्ठ सडकमा आपतका देवता नै बने। बेखर्ची देखि सरकारी राहत नपाएर विपदमा परेकासम्मको यथास्थिति बुझेर घर–ठेगानमा नै पुगेर राहत बाँड्न थालेको पनि शुक्रवारवाट ३५ दिन पुगेको छ।

३५ औं दिनका दिन अपाङ मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठले उपलव्ध गराएको लिष्ट अनुसार,काठमाडौं गोङ्गबु क्षेत्रका दृष्टिविहीन तथा अपाङ्गता भएका ३० परिवारलाई उचित राहत दिने कार्य भएको हो। जसवाट उनीहरु अत्यन्त खुशी भएर हर्षको आँशु नै चुहाएको अपाङ मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठको भनाई रहेको छ।

सरकार नपुगेको स्थानमा पाइलट श्रेष्ठको टीम पुगेर अन द स्पट राहत दिने कार्य भैरहेको छ। ३५ दिनसम्म पुग्दा १ हजार ६ सय परिवारलाई राहत वितरण गर्ने कार्य भएको जानकारी पाइलट श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। १ लाख व्यक्तिगत रकमवाट राहत वितरण गर्ने कार्य शुरु गरेका भोजपुर दावामा जन्मेका पाइलट श्रेष्ठलाई त्यसपछि ७० जना पाइलटहरुको टीमले राहत वितरण गर्ने कार्यमा सहयोग जुटाइदिएका थिए।

त्यसको लगतै अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका विभिन्न देशमा रहेका आफन्त तथा शुभचिन्तकहरुले पठाएको सहयोगवाट नै आफूहरुले मानविय राहत सहयोग गर्ने कार्य गर्दैआएको पाइलट श्रेष्ठले बताएका छन्।

पाइलट श्रेष्ठका अनुसार, हालसम्म २१ लाख राहत संकलन भएकोमा १९ लाख राहत सहयोग वितरण गरिसकेको जानकारी पनि मनकारी पाइलट श्रेष्ठले दिएका छन्। विपदको बेला कोही भोकै नपरोस् र बेखर्चीको कारण कोही सडकमा अलपत्र बन्न नपरोस् भनेर मानविय सेवावाट अभिप्रेरित बनेर यस मानविय कार्यमा पाइलट श्रेष्ठ लागेका हुन।

सरकारले प्रदान गरेको राहत नपाएकाहरुलाई राहत प्रदान गर्न पाइलट श्रेष्ठ र श्रेष्ठ पत्नी लिला मास्के व्यक्तिगत रुपमा लागेपछि सहयोगी हातहरुको बृद्धि भएको हो। अनि व्यवस्थित एउटा राम्रो सहयोगी टीम नै बनाएर सरकार नपुगेको स्थानमा सहयोग राहत दिने कार्यमा पाइलट श्रेष्ठको टीमको निरन्तरता रहेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २६ गते शुक्रवार ।