काठमाडौं। कोरोनाको कहरमा युवा पुस्ताकी क्रियाशील गायिका सरिता भारतीको कोरोना संवन्धी नयाँ गीत सार्वजनिक भएको छ। गायिका भारतीको गीतको बोल नै कोरोनाले देशै रोयो रहेको छ।

गायिका भारती र गायक चेतन गोतामेले यस गीतमा सहकार्य गरेका छन् । साथमा,महेश बिक्रम पाण्डे र पूजा गुरुङको पनि गायन रहेको छ। गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ।

युट्युवबाट सार्वजनिक भएको यो गीतको भिडियोमा गायक चेतन गोतामे र गायिका सरिता भारतीकै विशेष अभिनय रहेको छ। दुवै गायक–गायिकाका साथमा २० भन्दाबढी कलाकारहरुले पनि अभिनय गरेका छन्। निर्देशन विक्रम चौहानको रहेको छ।

https://www.youtube.com/watch?v=lB7tid68sG0

प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।