काठमाडौं। पछिल्लो पुस्ताकी अभिनयकी अब्बल नायिका केकी अधिकारीले जारी लकडाउनको तीन महिनामा जिम जान नपाएपनि ६ केजी तौल घटाउन सफल भएकी छन्।

लकडाउन अगाडि नियमित जिम जाने गरेको वताउने केकी अधिकारीले लकडाउन अवधिभर घरैमा योगा गरेर आफूलाई फिट राख्ने कार्य गरेको खुलासा गरेकी छन्।

दैनिक ३० मिनेट योगा र ३० मिनेट अन्य व्यायाम गरेर ६ केजी तौल घटाएर फिट एण्ड फाइन बनाएको केकी अधिकारीको भनाइ छ। शरीर मेन्टन नगर्ने नायिका भनेर आरोप खेप्दैआएकी केकी अधिकारीले यो लकडाउनमा भने मज्जाले मेन्टन गर्ने कार्य भएको छ।

योगा तथा अन्य व्यायामको अलावा खानेकुरामा पनि विशेष ध्यान दिएको कारणवाटै मेन्टन भएको केकी अधिकारीको जिकिर रहेको छ।


प्रकाशन मिति–२०७७ साल असार १३ गते आइतवार ।