काठमाडौं। नेपालका ख्यातिप्राप्त सिनियर व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टरले स्थापनाको १७ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको नक्साल स्थित हेडअफिसमा सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको हो।

नेपालका ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुक्शा बैद्य श्रेष्ठले १७ बर्षअगाडि स्थापना गरेको स्कुल अफ व्युटीसियनले दशौं हजार व्युटीसियन जन्माइसकेको छ।

नेपाली महिला दिदीबहिनीहरुको लागि सर्वोत्कृष्ट सम्मानित पेशाको रुपमा विकास गर्न र गराउन आफू स्थापना कालदेखि प्रयत्नशील रहेको र अझ यस पेशालाई मर्यादित र व्यावसायिक बनाउन क्रियाशील रहने प्रतिबद्धता पनि व्युटीका डाक्टर रुक्शा बैद्य श्रेष्ठले जनाएका छन्।

बार्षिक उत्सव कार्यक्रमको प्रमुख आतिथ्यता विशिष्ट सौन्दर्यविज्ञ डा.राजश्री श्रेष्ठ तथा पूर्वमिस नेपाल उषा खड्गीको रहेको थियो।

प्रकाशन मिति–२०७७ साल साउन १६ गते शुक्रवार ।