तेल अबिब (इजरायल) । नेपालका लागि पूर्व इजरायली राजदूत H. E. Yaron Mayer की धर्मपत्नी Ms. Neichu Mayer द्वारा लिखित पुस्तिका सीतापाइला इजरायलमा प्रकाशित भएको छ। पुस्तिकामार्फत् पूर्वराजदूत पत्नीले नेपाल (काठमाडौंस्थित सीतापाइला) मा रहँदा आफ्नो बच्चाले गरेको अनुभवलाई दर्शाउने जमर्को गरेकी छन्।

नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा नेपाल बसाईका अनुभूति समेटी नेपाललाई सम्झदै पुस्तिकाको रुप दिने Ms. Neichu Mayer र अनुभूत गर्ने उनको छोरा Shohn लाई नेपाली राजदूतावासले महामहिम राजदूतको Herzliya स्थित निवासमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्य भएको छ। कार्यक्रममा Mayer familyका साथै इजरायली परराष्ट्र मन्त्रालयको नेपाल हेर्ने महाशाखाका प्रमुख Mr. Gilad Cohenतथा मन्त्रालयका अन्य अधिकारीहरु, Ambassador Designate to Nepal H. E. Hanan Goder, इजरायलमा अध्ययनरतरकार्यरत नेपाली डाक्टरहरु, Israeli friends of Nepal लगायत Indian Embassy बाट समेत गरी करिब ३० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले पुस्तिकाकी लेखिका तथा बच्चालाई सम्मान गरेकी थिइन्। सँगसँगै Mr. Gilad Cohen, H. E. Yaron Mayer र H. E. Hanan Goder लाई समेत सम्मान गर्दै राजदूत डा.शाक्यले पुस्तिका प्रकाशनका लागि लेखिकालाई धन्यवाद दिएकी थिइन्। साथै, नेपालको कुनै ठाउँ विशेषको नाममा लेखिएको यस कृतिले नेपाल–इजरायल सम्बन्धमा एउटा इट्टा अवश्य थप्ने विश्वास राजदूत डा.शाक्यले व्यक्त गरेकी छन्। दुई देशहरूको सम्बन्ध ६० वर्ष पुगेको अवसरमा सम्मान कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी पनि राजदूत डा.शाक्यले व्यक्त गरेकी छन्।

सम्मानित भएकोमा खुशी हुँदै Ms. Neichu Mayer ले भूकम्प, हिमपहिरो, सवारी दुर्घटना लगायतका केही दुखःद परिस्थितिका बाबजुद समग्रमा आफ्नो नेपाल बसाइलाई सकारात्मक रुपमा स्मरण गरेकी छन्। नेपालमा रहँदाको अनुभवलाई बच्चाको आँखाबाट हेरी लेखिएको पुस्तिकाका कुराहरुलाई Ambassador Designate H. E. Hanan Goder ले अभिनयसहित रोचक ढंगमा प्रस्तुत गरेकी थिइन्।

इजरायली परराष्ट्र मन्त्रालयको नेपाल हेर्ने महाशाखाका प्रमुख Mr. Gilad Cohen ले अहिले नेपाल र इजरायलको सम्बन्ध उच्च रहेको तथा धेरै सहकार्यहरु अघि बढने बिश्वास दिलाएका छन् । अहिले नेपाल एम्बेस्सीको कार्यहरुबाट खुशी भएर हामीले (इजरायली परराष्ट्र मन्त्रालय) अवार्डको लागि नेपाली राजदूतको नाम सिफारिस गरेको बताएका छन्। पूर्व राजदूत Mr. Mayer ले आफ्नो संगिनीले नेपाललाई सम्झदै पुस्तक निकालेकोमा खुशी हुदै, यो पुस्तकले नेपालको सम्झना दिलाईरहने, नेपालसंगको घनिष्ठता ईजरायलको अझ बढने साथै फेरि नेपाल जाने ईच्छा व्यक्त गरेका छन्। Ms. Mayer द्वारा Children book को रुपमा बजारमा ल्याइएको “Sitapaila” नामक उक्त पुस्तिका लण्डनमा मुद्रण गरिएको हो।


प्रकाशन मिति–२०७७ साल साउन २३ गते शुक्रवार ।