काठमाडौं। नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुनुको गौरबता बेग्लै छ। त्यो गौरबता राख्ने कार्य रञ्जना जोशीले राखेकी छन्। विसं.२०३९ सालवाट स्टुडियो फोटोग्राफी गरेर निरन्तरता दिदैआएकी रञ्जना जोशी संभवत नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुन।

काठमाडौं महानगरपालिका वडा नंबर १३ कालिमाटी स्थित पवन स्टुडिमा फोटो खिच्न आउनेहरु पहिला महिला फोटोग्राफरले फोटो खिच्ने भन्दा अनौठो मान्ने गर्दथे । हिजोआज भने, महिला फोटोग्राफर त रञ्जना जोशी जस्तो पो हुनुपर्दछ भनेर व्यापक तारिफ गर्नेहरुको कुनै कमीे छैन्।

विवाह पछि नै फोटोग्राफर बनेकी रञ्जना जोशी श्रीमानको व्यस्तताले नै फोटोग्राफर बनेको भन्न चुक्दिनन्। नेपालका ख्यातिप्राप्त अभिनेता तथा फोटोग्राफर पवन जोशीकी जीवन संगीनी श्रीमानकै प्रेरणा तथा प्रशिक्षणले फोटोग्राफर भएको रञ्जना जोशीले भिजन संसार डटकमलाई वताएकी छन्।

अक्सर श्रीमान फिल्मको काममा व्यस्त हुनेबेला प्राय आफैले पवन स्टुडियोलाई सम्हाल्दा सम्हाल्दै प्रोफेसनल फोटोग्राफर वन्न सफल भएको रञ्जना जोशीको भनाई छ।

प्रकाशन मिति–२०७७ साल भाद्र २६ गते शुक्रवार ।