ललितपुर । खेर जाने हरियो मकैको खोस्टाको पनि गजबले फूल बन्ने गर्दछ। त्यो फूल घर तथा बैठकमा राख्दा त्यसको सुन्दरता अझ बढी हुने गरेको छ। मकैको खोस्टावाट विभिन्न किसिमका फूल बनेपछि कतिलाई बनाएको फूल हो भनेर झुक्किने गरेको छ।

साँच्चैको जस्तो देखिने गरेको मकैको खोस्टावाट बनेको फूल बेचेर पनि आय–आम्दानीको माध्यम बन्ने गरेको छ। महिला दिदीबहिनीहरुको लागि यो राम्रो रोजगारीको माध्यम हो।

यिनै महिला दिदीबहिनीहरुको आय–आम्दानी तथा रोजगारीको माध्यम वन्न सक्ने मकैको खोस्टावाट सजावटमय फूल बनाउने तालिम पहिलो पटक जेसिआई काठमाडौं लेडी नेपाल तथा आमा हस्तकला उद्योगको संयुक्त आयोजनामा भएको छ।

ललितपुरको ठैब स्थित सारथी दिदीबहिनी समूहमा आयोजित मकैको खोस्टावाट सजावटी फूल वनाउने तालिम स्थानीय महिला दिदीबहिनीहरुलाई दिइएको थियो। सप्ताहव्यापी तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई ख्यातिप्राप्त युवा हांस्य अभिनेता यमन श्रेष्ठ तथा गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीको विशेष आतिथ्यतामा विहीवार प्रमाण–पत्र वितरण गर्ने कार्य भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य आमा हस्तकला उद्योगका अध्यक्ष तारा थापावाट भएको थियो। आस्था पाठ जेसि शारदा नापितले गरेकी थिइन्। तालिम कार्यक्रमको प्रशिक्षण जेसिआई काठमाडौ लेडीकी महासचिव रिंकु बज्राचार्य श्रेष्ठ तथा प्रकरण निर्देशक जेसि शर्मिला नकर्मीवाट भएको थियो।

कार्यक्रममा सहभागी सवैलाई धन्यवाद व्यक्त गर्दै सिकेको तालिमलाई व्यवहारमा लागू गरेर आय–आर्जनको कार्य गर्न जेसिआई काठमाडौं लेडीकी महासचिव रिंकु बज्राचार्य श्रेष्ठले आग्रह गरेकी थिइन्।


प्रकाशन मिति–२०७७ साल असोज २ गते शुक्रवार ।