काठमाडौं। झम्म झम्म पानी पर्यो बोलको जस्तो मौसम अनुसारको गीत गाउन खप्पिस गायकका रुपमा ख्याति कमाएका चर्चित गायक रामकृष्ण श्रेष्ठको गायन करिअरकै पहिलो लालुपाते बोलको गीतको भिडियो पनि तयार भएको छ।

शुक्रवारवाट विश्वव्यापी रिलिज हुन लागेको यस गीतको भिडियोमा गायक रामकृष्ण श्रेष्ठले पनि अभिनय गरेका छन्। सुप्रसिद्ध गायिका सपनाश्रीसंग गायक रामकृष्ण श्रेष्ठको युगल गायन रहेको यस गीतको भिडियोमा शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। निर्देशन शिबन पोखरेलको रहेको छ।

छायाँकन महेश महराले गरेको यस गीतको भिडियो छायाँकन सिन्धुलीको रातामाटातिर गरिएको जानकारी गायक रामकृष्ण श्रेष्ठले दिएका छन्। गायक श्रेष्ठका आधा दर्जनभन्दा गीतका एल्बम सार्वजनिक भैसकेका छन्। नेपाली आमिर खानको उपनाम समेत पाएका गायक श्रेष्ठले केही चलचित्रमा समेत अभिनय गरिसकेका छन्।


प्रकाशन मिति–२०७७ साल असोज ८ गते विहीवार ।