हेटौडा । अपाङ अधिकारकर्मी तथा स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ र बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल वीच अपाङ अधिकारका संवन्धमा विशेष बार्ता भएको छ।

त्यस वार्तामा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको अपिल पत्र वाचन गरेर प्रदेश मन्त्री फुयाँललाई अध्यक्ष श्रेष्ठले सुनाएका थिए।अध्यक्ष श्रेष्ठले उक्त अपिल पत्र प्रदेश मन्त्री फुयाँललाई सुनाएपछि हस्तान्तरण गरेका थिए । विहीवार आयोजित अपिल पत्र हस्तान्तरण कार्यक्रममा स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरका अध्यक्ष दिलबहादुर स्याङ्बोको पनि उपस्थित रहेको थियो।अमेरिकी जनताको USAID को सहयोगमा फेज नेपाल र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको सहकार्यमा उक्त अपिल हस्तान्तरण तथा अधिवाचन कार्यक्रम भएको थियो।

कार्यक्रममा प्रदेश मन्त्री फुयाँलले बागमती प्रदेशमा निर्माण हुने सबै भौतिक संरचनाहरु बिश्वब्यापी मापदण्ड अनुरुप हुने तथा यसमा अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहजता हुने गरी सवै संरचना निर्माण हुने प्रतिवद्धता व्यक्त गरेका छन्। निकट भबिष्यमा प्रदेश सरकारले बिद्युतिय चार्जिङ्ग स्टेसन,शौचालय पनि अपाङ्गता मैत्री नै बन्ने जिकिर प्रदेश मन्त्री फुयाँलले गरेका छन्। अपाङ्गता भएका ब्यक्तिहरुको आयमा वृद्धि ल्याउने खालका योजना ल्याउन प्रदेश सरकार संग पहल गर्ने कार्यमा पनि आफू पछि नहटने आश्वासन पनि प्रदेश मन्त्री फुयाँलले दिएका छन्।

स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ्ले मानव निर्मित भौतिक संरचनाले नै अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोध सिर्जना गरेको उल्लेख गर्दै ऐन कानून,नियमावली र निर्देशिका अनुरुप हुनुपर्ने काम भए नभएको मुल्याङ्कन गर्न अपाङ्गता भएका ब्यक्ती सहितको अधिकार संपन्न अनुगमन समिति गठन गर्न सुझाब राखेका थिए। परियोजना ब्यवस्थापक शुक्रराज पौडेलले सामाजिक बिकासका कार्यमा बिगत लामो सम्म काम गरेता पनि पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गर्दा सांच्चैनै असल कार्यमा हात हालेको महसुस भएको सुनाए।


प्रकाशन मिति–२०७७ साल असोज ८ गते विहीवार ।