काठमाडौं। छन्दे उपनामवाट व्यापक चर्चामा आएका हांस्य अभिनेता गोपाल ढकालको लेखन तथा निर्देशन अनि निर्माणमा बनेको टेन्सन साफ नामक धारावाहिक हांस्य सिरियल दार्जिलिङको टिष्टा टेलिभिजनवाट पनि प्रसारण हुन थालेको छ। प्रत्येक हप्ताको सोमवार र पुनःप्रसारण विहीवार टिष्टा टेलिभिजनवाट प्रसारण भएयता टेन्सन साफको गरिमा र महत्वमा अझ अभिबृद्धि भएको हो।

छन्दे युट्युब च्यानलवाट नियमित रुपमा प्रसारण हुंदैआएको गोपाल ढकाल छन्देको टेन्सन साफ हेरेपछि कोरोनाको कहरमा धेरैको टेन्सन साफ नै भएको छ। कोरोनाको वाक्क दिक्क परिवेशवाट टाढा भएर कमेडीको बेग्लै संसारमा टेन्सन साफ मार्फत छन्दे गोपाल ढकालले मोडाउने कोशिश गरेको पाइएको छ। जुन कमेडी थेरापीको रुपमा पनि टेन्सन साफ हेर्नेहरुले महशुश गरेको पाइएको छ।

समसामयिक बिषयबस्तुलाई उजागर गरेका प्रारम्भका केही भागहरु मकवानपुरको मनहरी २ मेलटोल वरिपरि छायाँकन गरिएको भएतापनि केही समय यता यो सिरियलको छायाँकन धरान,नवलपरासी,काभ्रे,काठमांडौ लगायतका अन्य स्थानहरुमा पनि भएको गोपाल ढकाल छन्देले भनेका छन्।

एभरग्रीन वल्र्डवाईड ईन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित यस समसामयिक हाँस्यव्यंग्य टेलिसिरियलमा लेखन,निर्देशन,सम्पादन तथा गीत गोपाल ढकाल छन्देकै रहेको छ। यसको अलावा गीतमा स्वर भर्न र अभिनयमा समेत ढकाल सक्रिय रहेका छन्। शीर्ष गीत गायन कृष्ण भट्टराईको रहेको छ भने टेन्सन साफमा छाँयाकार हर्कमान वाईवा (रिदम),श्रृंगार अनु अधिकारी, संगीत,पाश्र्व संगीत वैकुण्ठ अधिकारी, स्वर कृष्ण भट्टराई,वैकुण्ठ अधिकारी,गोपाल ढकाल छन्दे,हर्कमान वाईवा (रिदम),उद्घव प्रसाद भट्टराई,गीता नेपाल,निर्माता हर्कमान वाईवा (रिदम),रबिन भुषाल(कडा),सुर्यकला आचायर्, निर्माण नियन्त्रक गीता नेपाल,पोस्टर डिजाईन,भि एफ एक्स दिन्सन शाहको रहेको छ।

कलाकारहरुमा श्याम राई,उद्घवप्रसाद भट्टराइ,प्रेम पाण्डे,गोपाल ढकाल छन्दे,गीता नेपाल,रोहित कार्की,प्रमिला राई,हर्कमान वाईवा(रिदम),रबिन भुषाल(कडा),आशिका अधिकारी,अनु अधिकारी लगायत छन।

प्रकाशन मिति–२०७७ साल असोज ९ गते शुक्रवार ।