काठमाडौं। कोरोना कहरको महामारी अनि लकडाउनका कारण देखिएको व्यापार–व्यवसायमा पारेको व्यापक असर तथा नेपाली जनतामा देखिएको निराशामा आशा दिने गीतको भिडियो निर्माण भएको छ। गायक तथा समाजसेवी निर्णय श्रेष्ठले यस गीतको भिडियो ल्याउने तयारी गरेका हुन।

जसको म्युजिक भिडियो निर्माण तथा प्रस्तुत गर्ने कार्यको जिम्मेवारी पूर्व सैनिक अधिकृत खगेश रन्जितकारको कम्पनी काराओके ईन्टरटेन्मेन्टले पाएको छ। जसको निर्माण कार्य लगभग पूरा भएको जानकारी रन्जितकारले भिजन संसार डटकमलाई दिएका छन्।

भिडियोको निर्देशन गायक निर्णय श्रेष्ठ आफैले गरेको हुन। डान्स कोरियोग्राफी भने फेमस मोडल टिकटक स्टार रुबि लामाले गरेकी छन्। श्रृंगार मेकअप आर्टिष्ट अस्ना महर्जनले गरेकी थिइन्। म्युजिक भिडियोमा गायक निर्णय श्रेष्ठ (एन एस के) र नव गायक प्रशान्त श्रेष्ठको फिचरिङ छ।

साथमा नायिका कलेज अफ सेन्ट्रल स्टेटको डान्स कलेज टपर मिस एस ई ई आईकन तथा मिस नेशनल नैना खड्गीको अभिनय रहेको छ। अन्य डान्स पर्फेमिङ मोडलहरुमा निकी कार्की, ईन्ता राई, एस्तर तामाङ,बिपना शिवाकोटी लगायत रहेका छन।

प्रकाशन मिति–२०७७ साल असोज १९ गते सोमवार ।