न्यूयोर्क। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्न नेपाली ज्याँकी च्याङ अमृत लामाको अगुवाईमा स्थापित हामी नेपाली ग्लोबल तथा रोटरी क्लब अफ न्यूयोर्क ‘क्वीन्स’ को संयुक्त पहलमा स्थानीय सरकारसंग सहकार्य गरि कलेज प्वाइन्ट फ्लसिंंगमा कोरोना मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई निःशुल्क खाद्य राहर्त सामग्री बितरण गरिएको छ। तरकारी, दुध, चिकेन, चीज, दही र एग–मिल्कसहितको १८ पौण्ड वजन भएको प्रति बक्सको ४७ डलर मूल्य पर्ने जम्मा १२० बक्स खाद्यन्न बितरण गरिएको हो ।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनीधि ‘कमिटी मेम्बर’ एवम् हामी नेपाली ग्लोबलका फस्ट भाइस प्रसिडेन्ट नवराज केसीको सहभागितामा रोटरी क्लब अफ न्यूयोक क्वीन्स र  पदाधिकारीहरु गुरू पराजुली, लोकनाथ सिग्देल, योगेन्द्र अधिकारी, राजेश बस्नेत, राजेश कुमार दर्जी, कलेज प्वाइन्ट स्थित मैन्गु रेष्टुरॅाका संचालक मिस्टर रोबर्ट र सहयोगी माइकल निबौर, एन्डी चेनको सहभागिता थियो।

उक्त खाद्यान्न बितरणको कार्यक्रमा ज्यादै खटिएकी ‘तारा किशन फाउण्डेसन’की संरक्षक तारा धामीको पनि सहभागिता रहेको थियो । हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले प्रत्येक हप्ता यस किसिमको स्थानिय सरकारसॅगको सहकार्य गरी गरिएको कार्यक्रम निकै प्रभावकारी र लाभदायक भएको वताएका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।