ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको जात तथा थर नै परिवर्तन गरिदिएको छ। बाजिगर मेयरको रुपमा ख्याति कमाएका मेयर महर्जनको जात तथा थर परिवर्तन गर्ने कार्य संघीय नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादववाट भएको हो।

पूर्वराष्ट्रपति डा.यादव बाजिगर मेयर चिरिबाबु महर्जनलाई संवोधन गर्ने क्रममा चिरिबाबु श्रेष्ठ संवोधन गरेपछि जात तथा थर परिवर्तन गर्ने कार्य भएवाट बाजिगर मेयर महर्जन अक्क न बक्क परेका थिए। बुधवार ललितपुर महानगरपालिकाव्दारा आयोजित नेपाल र चीन दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी नेपाली पर्यटन पत्रकार कल्पना महर्जनको विश्व रेकर्ड प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वराष्ट्रपति डा.यादवले बाजिगर मेयरको जात तथा थर नै परिवर्तन गरेर संवोधन गरेका थिए।निर्धक्क डा.यादवले मेयरको जात तथा थर परिवर्तन गरेर वोलेपछि संवोधनको करिब ७ मिनेटपछि स्वकीय सचिव मार्फत चिट दिएर भएपनि जात तथा थरलाई मेयर महर्जनलाई सच्याउन लगाए। पूर्वराष्ट्रपति यादवले मेयर चिरिबाबु श्रेष्ठ नभइकन महर्जन मात्र रहेछ भनेर सच्याएतापनि सरी चाहिँ भनेनन्।

जात तथा थरलाई परिवर्तन गरिदिने पूर्वराष्ट्रपति डा.यादवलाई सच्याउन लगाएर बाजिगर मेयर महर्जनले अर्को बाजी जितेकै हो। यसअघि मेयरको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मेयरमा जित्न सक्दैनौ भन्दा देउवासंग बाजी राखेर मेयर महर्जनले बाजी जितेका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र ५ गते विहीवार ।