काठमाडौं। बहुराष्ट्रिय कंपनी डाबर टुथपेष्टमा नेपालभाषा चलचित्रकी मल्टीट्यालेन्ट नायिका शोभा महर्जन छाएकी छन्। विशेष गरेर डाबरका प्रडक्टहरुमा भारतीय कलाकार तथा मोडल आउने गरेकोमा नेपाली नायिका शोभा महर्जन देखिएकी हुन।

बहुराष्ट्रिय कंपनी डाबरको प्रडक्टमा नायिका महर्जनले गत बर्ष चैत्र महिनामा काम गरेकी थिइन्। त्यसको लगतै, कोरोनको महामारीको कारण नेपालमा लकडाउन भएपछि ठीक त्यसको एक बर्ष नपुग्दै डाबर टुथपेष्टको नयाँ विज्ञापन सार्वजनिक हुने क्रममा नायिका महर्जनले मोडलिङ गरेको तस्बीरले प्राथमिकता पाएको हो।

एक बर्षअघि काम गरेको प्रतिफल एक बर्षपछि डाबर टुथपेष्टमा देखिन पाउंदा गौरबता लागेको नायिका महर्जनले भिजन संसार डटकमसंगको कुराकानीमा वताएकी छन्। जुन बहुराष्ट्रिय कंपनी डाबरले नेपाली नायिकाप्रति गरेको ठूलो सम्मान पनि हो।

ख्यातिप्राप्त अभिनेता पवन जोशीव्दारा निर्देशित नेपालभाषाको लोकप्रिय चलचित्र बसन्त–ऋतुवाट डेब्यु गरेकी नायिका महर्जनको पछिल्लो नेपाली तथा नेपालभाषा चलचित्र बहिदार बाबु हो।

दर्जनौ नेपाली तथा नेपालभाषा गीतका म्युजिक भिडियोमा स्वभाविक अभिनय गरेर बेग्लै छाप राख्न सफल नायिका महर्जन ख्यातिप्राप्त फेसन डिजाइनर तथा मोडल समेत हुन। सन् २००८ देखि विभिन्न फेसन–शोहरुमा आफ्नो नौलो डिजाइन सहित शोज गर्ने कार्य महर्जनवाट हुदैआएको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र १९ गते विहीवार ।