काठमाडौं। स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वय तथा SCWEC को सहयोगमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ। ललितपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेशकुमार महर्जनको प्रमुख आतिथ्यमा उक्त खाद्य सामाग्री प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका महासचिब कृष्ण गौतमले अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा स्थानिय तह गम्भिर हुनुपर्ने राय व्यक्त गर्दै महानगरपालिकाले अपाङ्गता क्षेत्रमा आशा लाग्दो कार्य गरेको र आगामी दिनहरुमा अझै राम्रो कार्य गरेर उदाहरणिय बन्ने आशा तथा भरोसा व्यक्त गरेका छन्।

SCWEC नेपालका जुलिया चित्रकारले अपाङ्गता भएका ब्यक्ति,जेष्ट नागरिक,महिलाहरुको क्षेत्रमा काम गर्न पाउंदा खुशी लागेको बताएकी छन्। प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले ललितपुर महानगरले अपाङ्गताको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनिय रहेको बताए।

वडा अध्यक्ष महर्जनले ललितपुर महानगरमा अपाङ्गता मैत्री सवारीको ब्यवस्थापन गरेर सेवा प्रदान गर्ने कार्यदेखि लिफ्टको निर्माण गर्नु, कार्यालयहरुमा अपाङ्गता मैत्री बनाउनु,पार्क,पेटी अपाङ्गता मैत्री अनुकुल बनाउनु यसको उदाहरण हो भनेका छन्। वडाबाट गर्ने काम सर्बसुलभ गराउने र अपाङ्गता भएका ब्यक्तिलाई रोजगारीको लागि समेत ब्यवस्थापन गरेको बताए।

दुई बर्ष पहिले फर्निचर उद्योग संचालन गर्दै गर्दा एकतल्ला माथिबाट लडेर स्पाइनल कर्ड इन्जुरी भएका कुपण्डोल बस्दैआएका धनीराम बीसीलाई मस्यौरा उद्योग संचालन गर्न स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले नगद ३० हजार पनि प्रदान गरिएको थियो।

कार्यक्रमको अध्येक्षता स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वाबलम्बन जीवन पद्धिित केन्द्र ललितपुरका कोषाध्यक्ष उदय लिम्बु, प्रोजेक्ट मेनेजर सन्देश भट्टराइ,कोअर्डिनेटर भरत बीसी लगायतको उपस्थिती रहेको थियो।

प्रकाशन मिति–२०७८ साल भाद्र २९ गते मंगलवार ।