काठमाडौं। सुन्दरताकी खानी भनेर विश्वले चिनिएकी चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको उमेरको कुरा गर्ने हो भने, कात्तिक १५ गतेवाट ४८ बर्ष पुगेकी छन्। उस्तै माधुर्यता अनि मोहकता वोकेकी ऐश्वर्या मिस वर्ल्ड समेत हुन्।

सन् १९९४ मा मिस वर्ल्डको ताजसमेत जितेर भारतलाई विश्वभर मिस वर्ल्डको देश भनेर चिनाउन सफल ऐश्वर्याको जन्म सन् १९७३ नोभेम्बर १ मा भारतको मुम्बईमा भएको थियो। सन् १९९४ मा मिस इन्डिया रनर अप र सोही वर्ष ऐश्वर्याले मिस वर्ल्डको ताज जितेपछि फिल्म क्षेत्रमा ऐश्वर्याको माग बढेको थियो।

फिल्म क्षेत्रमा सफल अभिनेत्रीका रुपमा चिनिएकी ऐश्वर्याले बलिउड र हलिउडमा गरी सयौं फिल्ममा अभिनय गरिसकेकी छन्। ऐश्वर्या राय अभिनित देवदास, हम दिल दे चुके सनम, धुम २, गुरु, प्रोभोक्ड, जोधा अकबर, रावण, गुजारिस लगायतका लोकप्रिय फिल्म हुन्।

बलिउड महानायक अमित्ताभ बच्चनका छोरा अभिषेक बच्चनसँग बैबाहिक सम्बन्धमा गासिँएकी ऐश्वर्याकी एक छोरीकी आमा पनि हुन्। आमा बनेपछि पनि उतिकै सुन्दरी देखिएकी ऐश्वर्याको सुन्दरता रहस्यमय नै मानिन्छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक २१ गते आइतवार ।