काठमाडौं। आँखा संसार हेर्ने अत्यन्त महत्वपूर्ण अंग हो। आँखाकै कारण हामीले यतिधेरै राम्रो संसार हामीले हेरिरहेका हुन्छौं। संसारका सुन्दरभन्दा सुन्दर कुरा आँखावाटै हेर्न पाउनु भनेको सामान्य कुरा अवश्य होइन ।

यसकारण, हामीले आँखालाई पछिसम्म बचाउन आवश्यक छ। आँखालाई कमजोर वनाउने कार्य कहीकतैवाट पनि गर्नु हुन्न । आँखालाई स्वस्थ र स्वच्छ बनाउनु आवश्यक छ । आँखामा कुनै विकार आउन दिन हुन्न । यदि त्यसो भैहालेमा समयमा नै आँखा अस्पताल गएर उपचार गराइहाल्नु पर्छ ।

संसार हेर्ने आँखाका वारेमा हामी कतिलाई थाहा नभएका कुरा अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार यस्ता रोचक तथ्यहरु प्रकाशमा आएको छ–
– मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ।
– हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ।
– मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ।
– आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ।
– संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्।

– आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ।
– मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्।
– मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ।
– आँखाको औसत वजन ८ ग्राम हुन्छ।
– हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं।

– प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्।
– नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्।
– संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ।
– मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ।
– मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ।
– खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं।

– मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं।
– एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ।
– शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्।
– एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ९ गते विहीवार ।