ललितपुर । तडक–भडक तथा भीडभाड गरेर नचाहिने खर्च गरेर परम्परा धान्ने होडमा भोज–भतेर गर्ने कार्य यो कोभिड–१९ को महामारीमा राम्रो कार्य भने अवश्य होइन ।

त्यसको बदलामा त्यस्ता होडबाजी गर्नुभन्दा खर्च जोगाएरै भएपनि सामान्य ढंगवाट ब्रतबन्ध तथा विवाह जस्ता मांगलिक कार्य गरेर बालआश्रम तथा बृद्धाश्रममा एक छाक भएपनि भोजन गर्न र गराउन सकेमा त्यहाँ आश्रित बालबालिका तथा बृद्धाहरुले ठूलो आँशिक दिने गर्दछन्। जुन अत्यन्त राम्रो तथा सह्रानिय कार्य हो ।

यो कार्यको बदावा दिने कार्य महिला शक्ति विकास केन्द्र नेपालका सञ्चार अधिकृत तथा नामी साप्ताहिकका निर्देशक निशान बुढाथोकीवाट भएको छ। बुढाथोकीको सुपुत्र प्रम्सु सुवेदीको ब्रतबन्धको अवसरमा अनावश्यक भोजभतेर गर्ने कार्यलाई बढावा नदिइकन ललितपुर महानगरपालिका वडा नंबर १४ ताल्छिखेल स्थित फ्रेस नेपाल (स्वच्छ नेपाल)मा रहेका बालबालिकाहरुका साथमा छोराको ब्रतबन्धको खुशी बाँड्ने कार्य गरेकी छन्।

स्वच्छ नेपाल बाल आश्रममा आश्रित दुई बर्षदेखि सत्र बर्षसम्मका सत्रजना बालबालिकाहरुका साथमा खुशी बाँडेर ब्रतबन्धको मिठोमसिनो भोजन गराउने कार्य बुढाथोकीवाट भएको छ। स्वच्छ नेपालका अध्यक्ष देवराज तमाटा तथा कार्यकारी निर्देशक धना लोहारले बुढाथोकी सुपुत्र प्रम्सु सुवेदीलाई शुभकामना व्यक्त गर्दै उमंग-खुशीमय केक काटेर खुशी दिने कार्य भएको छ।

साथमा स्वच्छ नेपालमा आश्रित प्रशान्त लोहारव्दारा स्केच गरिएको प्रम्सु सुवेदीको तस्बीर स्वयम् प्रम्सुलाई ब्रतबन्धको उपहार प्रदान गरिदा अनमोल उपहार भनेर सवैले तारिफ गरेका थिए । कार्यक्रममा नामी साप्ताहिक परिवारका तर्फवाट प्रधान सम्पादक तथा प्रकाशक नारायण राई, सम्पादक श्याम स्मृत, सह–सम्पादक नारायण लिंखा देवान, संवाददाता सुनकुमार अवाल, सुनिता कायस्थ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल माघ २९ गते शनिवार ।