काठमाडौं। हरेक श्रीमान आफ्नो श्रीमती भर्जिन भएको चाहन्छन्। अनि श्रीमतीले पनि श्रीमान भर्जिन हो या होइन भन्ने क्वइसन गरेमा त्यो श्रीमानको अगाडि श्रीमती विग्रेकै हुन्छ त ? श्रीमानचाहिँको तीनजनासंग रिलेसन भएको गर्बका साथ भन्न डराउंदैन ।

अनि त्यही श्रीमानले भर्खर विवाह गरेर हनिमूनमा गएकै रात श्रीमतीसंग उनको भर्जिनिटीको बारेमा क्वइसन गरेर हनिमून नै खल्बलाउने नयाँ पुस्ताका श्रीमानहरु यही नेपाली समाजमा छन्। तिनै भर्जिनिटी गुमाएर श्रीमतीको भर्जिनिटी खोज्ने श्रीमानको कथामध्येको एक कथामा नेपाली सर्टफिल्म नै निर्माण भएर सार्वजनिक भएको छ।

रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा सर्टफिल्म बनेको हो। जसको नाम नै “हनिमून” राखिएको छ। “हनिमून”मा विशाल कटवाल र प्रतिभा केसीको स्वभाविक अभिनय रहेको छ।

निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

प्रकाशन मिति–२०७८ साल फागुन ७ गते शनिवार ।