काठमाडौं। इन्टरनेशनल डारेक्टर उदय सुव्वाको लेखन तथा निर्देशनमा निर्माण भएको पछिल्लो चलचित्र आकाशे खेती अव प्रर्दशनमा आउने भएको छ। निर्देशक सुव्वाका अनुसार चलचित्र आकाशे खेती यहि फागुन २७ बाट प्रर्दशनमा आउने भएको हो।

चलचित्र आकाशे खेती प्रदर्शनको संघारमा यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रका मुख्य मुख्य पात्रहरुलाई समेटेर ट्रेलर तयार पारिएको छ। आकाशे खेतीमा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ।

चलचित्र आकाशे खेतीमा गौरव पहारी,निता ढुंगाना, विल्सन बिक्रम राइ, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि, द्वन्द राजु किराती, नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ ।

प्रकाशन मिति–२०७८ साल फागुन १५ गते आइतवार ।