https://www.youtube.com/watch?v=B9RtZulcusI&t=33s

–सुनकुमार अवाल

काठमाडौं। लामो समयदेखि योगा प्रशिक्षणमा अत्यन्त क्रियाशील योगा गुरुआमा पूर्ण श्रेष्ठको सम्मान भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर सूर्यकोट स्थित लक्ष्मीनारायण योग केन्द्रवाट बरिष्ठ योगा गुरुआमा पूर्ण श्रेष्ठको सम्मान भएको हो।

लक्ष्मीनारायण योगा केन्द्रका संस्थापक मुकुन्द श्रेष्ठ, योगा प्रशिक्षक नारायण गिरी लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बरिष्ठ योगा गुरु लोकनाथ खनालले लक्ष्मीनारायण योग केन्द्रको तर्फवाट बरिष्ठ योगा गुरुआमा पूर्ण श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए। कार्यक्रममा योगा गुरुआमा पूर्ण श्रेष्ठको लक्ष्मीनारायण योग केन्द्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै उपस्थिति सवैले मुक्तकण्ठले प्रशंशा गरेका थिए।

योगा गुरुआमा पूर्ण श्रेष्ठको अष्ट्रेलिया भ्रमणको लागि पनि शुभयात्रा भन्दै शुभकामना दिने कार्य पनि कार्यक्रममा भएको थियो। लक्ष्मीनारायण योग केन्द्रको शिक्षासेवी मुकुन्द श्रेष्ठ र सामाजिक अभियन्ता शिवराम थापाको अगुवाइमा स्थापना भएको हो। विगत पन्ध्र बर्षदेखि निरन्तर योगा प्रशिक्षण मार्फत केन्द्रले हजारौंलाई स्वस्थ वनाउने कार्य हुंदैआएको केन्द्रले जनाएको छ।

https://www.youtube.com/watch?v=B9RtZulcusI&t=33s

प्रकाशन मिति–२०७८ साल फागुन ३० गते सोमवार ।