काठमाडौं। लिच्छवी कालिन काठमाडौं शहरको मौलिक परम्परागत पुरानो बस्ती डाँछी शहरभित्रै रहेतापनि बेखबर रहेको वर्तमान अवस्थामा खबर बनाउने कार्य विश्वविख्यात नेपाली एडभेन्चर स्टार गौतम खातीवाट भएको छ।

एडभेन्चर स्टार खातीव्दारा निर्मित तथा निर्देशित डाँछीको आन्तरिक पर्यटन विकासको प्रमुख उदेश्यवाट भिजिट डाँछी नामक डकुमेन्ट्री निर्माणवाट डाँछी खबर भएको हो। खबर बनेको भिजिट डाँछी डकुमेन्ट्री फिल्म ज्योति फिल्मस म्युजिक अवार्डमा सर्वोत्कृष्ट बन्न सफल भएको छ। अवार्डको तेश्रो संस्करणको भव्य कार्यक्रममा भिजिट डाँछीका निर्देशक एडभेन्चर स्टार गौतम खाती सर्वोत्कृष्ट निर्देशक बनेर इतिहास रच्न सफल भएका छन्।

काठमाडौैको चावहिल स्थित चलचित्र विकास वोर्डको हलमा आयोजित कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल देखि अग्रज चलचित्र निर्देशक तुलसी घिमिरे, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतकाले सवैले वाह भिजिट डाँछी भनेपछि गौतम खातीको मन ढुक्क भएर गर्बले फुलेको थियो।

खुशीले दुई थोपा आँशु झरेको खातीले पत्तै पाएन । विना कसैको सहयोग व्यक्तिगत रुपमा आफ्नो नयाँ बसोबास स्थान डाँछीलाई चिनाउन गरेको प्रयासले सफलता पाएकोमा निर्देशक खाती अत्यन्त खुशी बनेको त्यो पलको बर्णन गर्न कठिन छ।

प्रकाशन मिति–२०७८ साल चैत १३ गते आइतवार ।