ललितपुर । जनताको अमूल्य मतदानव्दारा निर्वाचित जनप्रतिनिधिले जनचाहना बमोजिम कार्य गरेवापत जनताले शानकासाथ सम्मान गर्ने गर्दछ। त्यो शान तथा भव्य मान वितेको पाँच बर्षयता जनताको चाहना वमोजिम कार्य गर्ने जनप्रतिनिधिहरुको ललितपुरमा भव्य मान तथा सम्मान भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिहरुलाई गणेश गल्ली थसिखेल रिजाल टोल विकास समितिका स्थानीय जनताहरुले भव्य मान तथा सम्मान गरेको हो।

घरसम्म पुग्ने बाटोको दूव्र्यवस्था अनि ढल निकासको उचित व्यवस्था नहुंदा अत्यन्त समस्या परिरहेको गणेश गल्ली रिजाल टोलमा मज्जाको ढुंगा छाप्ने काम नगरिकन आधुनिक ढल निकासको समेत व्यवस्था गरेर रहरलाग्दो वाटो वनाइदिएर सुविधा पुर्याएवापत त्यहाँका स्थानीय जनताले दिल खोलेर आफ्ना जनप्रतिनिधिहरुको भव्य सम्मान मात्र नगरिकन आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय सरकारको निर्वाचनमा यही वर्तमान जनप्रतिनिधिहरुको वडा टीमलाई जिताउन आफूहरु लाग्ने तथा उहाँहरुलाई नै रिपिट गर्न अत्यन्त जरुरी भएको बताएका छन्।

आफूहरुले आफ्ना मान्छे तथा यो पार्टी, त्यो पार्टी केहीपनि नभनिकन विकास निर्माणमा अग्रता दिएर सवैलाई खुशी बनाउने विकासमानको टीमलाई नै फेरि मतदान गरेर भारी मतले निर्वाचित बनाउने कसम नै लिएर बसेको स्थानीय कञ्चन रिजाल लगायतले भिजन संसार डट्कमको गौरबमय च्यानल भिजन संसार प्लस मार्फत खुलासा गरेका छन्।

सम्मान कार्यक्रममा वडा सरकार प्रमुख विकासमान श्रेष्ठका साथमा महिला वडा सदस्य शोभादेवी प्रधान, वडा सदस्यहरु अशोककुमार श्रेष्ठ, पूनम निरौला र मञ्जु रिजालको भव्य मान तथा सम्मान गरिएको थियो।

प्रकाशन मिति–२०७८ साल चैत २३ गते बुधवार ।