काठमाडौं। नेपालका म्युजिक भिडियो बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल मन्त्रीस्तरीय निर्णयअनुसार रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको सदस्य पदमा नियुक्त भएका छन्।

रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१ को दफा २ (क) को उपदफा २(ग) बमोजिम मिति २०७८ चैत २२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार गायक पोखरेललाई दुई बर्षका लागि सदस्य पदमा नियुक्त गरेको हो।

रेडियो नेपालको सदस्य पदमा नियुक्त भएको लगतै भिजन संसार डट्कमसंगको कुराकानीमा गायक पोखरेलले रेडियो नेपालको विकास तथा प्रवद्र्धनका लागि सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

विगत तीन दशकदेखि नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत् लाग्दैआएका संगीत तपस्वी गायक पोखरेलले नेपाली म्युजिक भिडियोको धारलाई परिवर्तन गर्ने गायकको रुपमा पनि लिइने गरेको छ।

गायक भएतापनि कुनै नायकभन्दा कम नदेखिएका पोखरेललाई कतिले नेपाली जैकी श्राफ पनि भन्ने गरिएको छ। अनि मिस नेपालहरुलाई नायिका बनाउने गायकको रुपमा पनि उनी नामी नै छन्।

प्रकाशन मिति–२०७८ साल चैत २३ गते बुधवार ।