ललितपुर । ललितपुर महानगरकै सफल ज्वेलरी उद्यमी मध्येमा गनिएकी ख्यातिप्राप्त महिला ज्वेलरी उद्यमी सुभद्रा श्रेष्ठले उद्यम विस्तार गरेकी छन्। गृहनगर ललितपुर महानगरकै वडा नंबर १२ टंगल स्थित मीननाथ मन्दिर परिसरमा उद्यमी श्रेष्ठले उद्यम विस्तार गरेकी हुन्।

ललितपुर महानगरपालिकाका बाजिगर मेयर चिरिबाबु महर्जनले उदघाटन गरेपछि शुभारम्भ गरिएको राधे राधे ज्वलेर्समा सुन–चाँदी तथा हीराका विभिन्न डिजाइनका गहनाको अलावा महिला दिदीबहिनीहरुको लागि आवश्यक विभिन्न पहिरन बुटिक सेवा पनि एउटै भवनवाट प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

जसको कारण गहना देखि विवाह लगायतका विभिन्न उत्सवका लागि आवश्यक पहिरन पनि एउटै छानामुनी पाउने भएवाट सहजपूर्ण सुविधा हुने जानकारी पनि ज्वेलरी व्यवसायी श्रेष्ठले दिएकी छन्।

ज्वेलरीको क्षेत्रमा खुद्रा व्यवसायीहरुलाई पनि सेवा दिने अर्को उदेश्यनुरुप थोक व्यवसायको सेवा पनि राधे राधे ज्वेलरी टंगल, पाटनवाट प्रदान गर्ने कार्यको पनि शुभारम्भ गरिएको जानकारी पनि व्यवसायी श्रेष्ठले दिएकी छन्।

राधे राधे ज्वेलरी नामक उद्यम व्यवसायलाई काठमाडौंको दरवारमार्ग तथा देश वाहिर दुबई पश्चात महिला उद्यमी श्रेष्ठले ललितपुर महानगरमा विस्तार गरेको उक्त उद्यम व्यवसायको शनिवारवाट शुभारम्भ भएको हो।
प्रकाशन मिति–२०७९ साल जेठ २९ गते आइतवार ।