Madheshi Bartaकाठमाडौ। तराई–मधेशमा विगत १ सय दिन देखि निरन्तर आन्दोलनरत मधेशी मोर्चाले नेपालका प्रमुख दलहरुले पेश गरेको साझा प्रस्ताव अस्वीकार गरेको छ। मोर्चाकातर्फवाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असअघि नै अस्वीकार गरेको प्रस्ताव मान्न नसकिने बताए।

यादवले नवलपुर लगायतका स्थानमा सरकारले दमन गरेर वार्ताको वातावरण विगारेको समेत आरोप लगाएका छन्। यादवले वातावरण बनाए ११ बुँदेमा छलफल गर्न तथा वार्तामा बस्ने बताएतापनि आइतवार मोर्चाका नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गर्न दिल्ली जाने तर्खरमा रहेतापनि प्रमुख दलहरुले राखेको प्रस्ताव चाँडै मान्ने पक्षमा नदेखिएको एक नेताले बताएका छन्। दिल्ली पुगेर आएपछि नै सवैकुरा क्लियर हुने बताइएको छ।

 

प्रकाशन मिति–२०७२ साल मंसिर १९ गते शनिवार ।