parliyament-of-nepal

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुला कुकुरले टोकेको आरोप लगाएपछि हंगामा भएको छ।

शुक्रबार बसेको संसदको बैठकमा शुरुमै बोल्दै नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले बहुलाहा कुकुरले टोकेजस्तो व्यवहार गरेको आरोप लगाएका थिए।

मैनालील त्यसप्रकारको आरोप लगाएको लगतै त्यसको नियमापत्ति जनाउंदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद अवरुद्ध गर्न छाडेर प्रधानमन्त्री विरुद्ध महाअभियोगको प्रस्ताव संसदमा ल्याउन चुनौति दिएका थिए।

संविधान संशोधनको विरोधमा अपोजिसन पार्टी नेकपा एमाले लगायतका दलहरुले विहीवारदेखि संसदको बैठक अवरुद्ध पार्दैआएका छन्। शुक्रबारको बैठक पनि अवरुद्ध पारेका छन्। शुक्रबारको बैठकमा अवरोध भएपछि संसद बैठक आइतवार १ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १७ गते शुक्रबार ।