Pooja Sunuwar 1काठमाडौ। नेपालकी गायिका पूजा सुनुवारले सर्वोकृष्ट आधुनिक गायिकाको अवार्ड जित्न सफल भएकी छन। गायिका सुनुवारले ‘ओएस नेपाल अवार्ड २०७४’को अवार्ड जित्न सफल भएकी हुन् । सुनुवारले गाएको ‘काठमाडौं शहर’ बोलको गीतबाट ‘बेष्ट आधुनिक संग फिमेल अवार्ड’ जितेकी हुन्।

आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको अवार्ड वितरण कार्यक्रममा गायिका सुनुवारलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । गायिकाले भर्खरै बजारमा ल्याएको ‘काठमाडौ शहर घुम्ने रहर’ बोलको गीत ओएस नेपाल म्युजिक अवार्डको नोमिनेशनमा परेको थियो। उत्कृष्ट पाँच मध्ये पूजा सुनुवार पब्लिक भोटरको आधारमा सर्वोकृष्ट आधुनिक गायिकाको सूचीमा पर्न गएकी हुन।

Pooja Sunuwar 3पूजा सुनुवारका गीतहरु प्राय सबै चर्चामा रहेका छन । उनले गाएका गीतहरु सेल्फी, ट्युसन पढाउँछु, नसम्झी बसौं, भर्खरै पो थाहा पाएँ, निष्ठुरी त तिमी भयौ, चिटिक्कै छु नि मत बाटी दुई चुल्ठी लगायतका गीतहरुले चर्चामा छन ।

Pooja Sunuwar 2प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार