Sex-after-sleepकाठमाडौ। यौनको मामिलामा महिला भन्दा पुरुष नै अगाडि देखिएको छ। पुरुषमा यौनको इच्छा महिलाको तुलनामा निक्कै बृद्धि भएको एक अध्ययनवाट पुष्टि भएको छ। पुरुषको तुलनामा महिलामा भने क्रमिक रुपमा कमी हुंदैगएको त्यस अध्ययनले देखाएको छ।

स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्यूड्सले गरेको अध्ययनले महिलाहरु आफ्नो यौनशाथीसँगको यौनसम्बन्धमा पुरुषको तुलनामा दुई गुणाले मोहभंग हुँदै गएको तथ्याङले देखाएको हो । अध्ययनका अनुसार महिला र पुरुषको सम्बन्धमा विस्तारै यौन उत्साह कम हुँदै गएको छ । तर, यस सम्बन्धमा पुरुषभन्दा महिला यौनसम्बन्धप्रति दुई गुणा बढीले उदासिन हुने वा रुची कम हुँदै गएको अध्ययनले देखाएको छ।

sexual-monotonyअध्ययनले यस्तो अवस्था आउनुको मुख्य कारण पुरुषको तुलनामा महिलाको खराब स्वास्थ्य समस्या र भावनात्मक लगावमा आउने कमीका कारण पुरुषसँगको यौन सम्बन्धप्रति उनीहरुको इच्छा कम हुँदै गएको उल्लेख गरेको छ।

बीबीसीका अनुसार बीजेएम जर्नलमा छापिएको यस अध्ययनमा यूनिभर्सिटि अफ साउथंप्टन र यूनिभर्सिटि कलेज अफ लण्डनका अनुसन्धानकर्ताहरुले पुरुष र महिलामा यौनसम्बन्धप्रति अनिच्छा बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन्। तर, यस अध्ययनले महिलाहरु झन् पुरुषको तुलनामा दुई गुणा बढी अनिच्छा प्रकट गर्नु गम्भिर विषय भएकोले समयमै विचार गर्न र आवश्यक कमद चाल्न अध्ययनकताएहरुले सुझाव दिएका छन्।

सेक्स थेरापिस्ट अमान्डा मेजरले यस विषय असामान्य बताउँदै यसको कारण पुरुष तथा महिलाहरुमा बढ्दै गएको चाहाना र परिवर्तन जीवनशैली बताएकी छन् । उनका अनुसार स–साना कुरामा हुने असमझदारी, विभिन्न स्वास्थ्य समस्या, लागुपदार्थको सेवन, कामको थकाई, मानसिक तनाव आदीका कारण उनीहरु एक–अर्काबीच लामो समय यौनसम्बन्ध रहन चाँहदैनन्। उक्त अध्ययनमा १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाले आफूहरुलाई यौनसम्बन्धमा कुनै चासो नभएको बताएका थिए।

३५ देखि ४४ वर्षका पुरुषहरुमा यौनसम्बन्धप्रति चासो सबैभन्दा कम रहेको
थियो भने ५५ देखि ६४ वर्ष समूहको महिलामा यौनसम्बन्धप्रति कुनै चासो नरहेको अध्ययनले देखाएको छ। यूनिभर्सिटि अफ साउथंप्टन र यूनिभर्सिटि कलेज अफ लण्डनका अनुसन्धानकर्ताहरुले खराब स्वास्थ्य अवस्था, असमझदारी, भावनात्मक लगावमा उदासिनताका कारण पुरुष र महिलाहरुमा यौन सम्बन्धप्रति चासो कम हुँदै गएको बताए। अध्ययनले पुरुषको तुलनामा आफ्ना यौन समस्यावारे महिलाहरुले कुराकानीसमेत गर्न नचाहने उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।