Dhurmush Suntali Namuna Basti Nirman 1काठमाडौ। रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तीमा छ महिनाभित्रै एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो बस्तीको बुधबार १ सय ६ बर्षिया रामकली हजराले शिलान्यास गरेकी छन्।

Dhurmush Suntali Namuna Basti Nirman 2यसअघि तीन स्थानमा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको फाउन्डेसनले सो बस्तीमा ५ करोड ७५ लाख रुपैयाँको लागतमा ४५ वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय बनाउने भएको छ। आर्थिक अवस्था कमजोर रहेको सो बस्तीमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास छ।

Dhurmush Suntali Namuna Basti Nirman 3आगामी माघ २४ गते परियोजना हस्तान्तरण गर्ने लक्ष्यका साथ बुधवारवाटै निर्माणको काम थालिएको धुर्मुस सीताराम कट्टेलले बताएका छन् । फाउन्डेसनकी सुन्तली कुञ्जना घिमिरेले शिलान्यासपछि मिठाई बाँडेर खुशीयाली साटेकी थिइन्।धुर्मुस सीताराम कट्टेलले आफ्नो जन्मदिन पारेर यस कार्यको शुभारम्भ गरेको भनेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ५ गते विहीवार ।