काठमाडौ। बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी बाम–गठवन्धनवाट उम्मेदवार बनेका छन्। आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कलाकार चौधरी सुनसरी प्रदेश नंबर १ बाट समानुपातिकका उम्मेदवार बनेका हुन्।

बामपन्थी राजनीतिलाई आत्मसात गरेर विसं.२०४६ सालको जन–आन्दोलनवाट खुलेर नेपाली राजनीतिमा ज्यान–प्राण दिएर लागेका कलाकार परशुराम चौधरी थारुभाषाका चलचित्रका महानायक नै हुन्। थारुभाषा तथा थारु कल्यणकारिताको लागि अहोरात्र खट्दैआएका कलाकार चौधरी थारुभाषीहरुमाझ मात्र होइन, सवैतिर अत्यन्त चर्चामा रहेका छन्।

हिसाव–किताव तथा पिसाव क्लियर हुनुपर्दछ अनि मात्र लाइफ राम्रो हुने अवधारणा राख्ने गोलाकार हसियां–हठौडा चिन्ह वोकेर प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेर सुनसरी जिल्लाका घर–घर तथा गाउं–गाउंमा पुग्दैगरेका चौधरी सुनसरी झुम्काका स्थानीय हुन्। घरदैलो कार्यक्रममा सुनसरी सवै जनताले चौधरीलाई अत्यन्त मन पराएका छन्। चौधरीको पक्षमा जनलहर उर्लेको छ।

जनताको चलचित्र बलिदानमा क्रान्तिकारी कलाकारको भूमिका निर्वाह गर्ने कलाकार चौधरीले आफूलाई कलाकार जनताले बनाएको र अव नेता पनि जनताले नै बनाउने अपेक्षा राखेका छन्। आफू सदा जनताकै भएको र जनताकै लागि मरेर लाग्ने प्रतिवद्धता व्यक्त गरेका कलाकार चौधरीको पक्षमा सुनसरीमा व्यापक जनलहर आएको छ।

सुनसरीका सवै जनता हाम्रो आफ्नै गाउं–ठाउंका उम्मेदवार समानुपातिक उम्मेदवार बनेको छ भनेर उनको पक्षमा मतदान गर्नका लागि सवैको उत्साह देखिएको छ। त्यो उत्साहलाई जितमा बदलेर सुनसरीको मुहार फेर्न कलाकार चौधरी प्रतिबद्ध बनेका छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर १५ गते शुक्रबार ।