काठमाडौ। साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। साउन भनेपछि हराबरा हुने मौसमको रुपमा मानिन्छ। अर्कोतर्फ साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भन्ने गरेको छ।

अझ साउनको सोमबार विशेष हुने गरेको छ। साउनको सोमवार हिन्दू महिलाहरु ब्रत बसेर शिवको आराधना तथा पूजाआजा गर्ने गर्दछन्। आज यो वर्षको साउनको अन्तिम सोमबार परेको छ। आजा अन्तिम सोमवारका दिन सवैजसो हिन्दू मन्दिरहरुमा भक्तजनहरुको अपार भीड लाग्यो। देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लाग्यो।

भगवान पशुपतिनाथको मन्दिरमा अझ धेरै भीड लागेको देखियो। साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन्। आज साउनको अन्तिम सोमवारवाट बोलबम यात्रा पनि समाप्त भएको छ।


प्रकाशन मिति–२०७५ साल साउन २८ गते सोमवार ।