काठमाडौं। नेपालका लेखा परीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को दुई दिने केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ। काठमाडौंमा सम्पन्न उक्त बैठकले ९ बुंदे बिशेष प्रस्ताब पारित गरेर दुई दिने केन्द्रीय समितिको बैठक सम्पन्न गरेको हो।

अडानका केन्द्रिय उपाध्यक्ष डोलप्रसाद दाहालका अनुसार, दुई दिने केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिमा २५ सदस्यीय सचिबालय गठन, बिशेषज्ञ समिति, सल्लाहकार समिति, लेखापरीक्षण समिति र अनुशासन समितिको गठन गरेर पूर्णता दिएको छ।

त्यस्तैगरेर, लेखापरीक्षकहरुको पेशागत हकहित र सदस्यहरुको भावना एबं कानूनको भावना बमोजिम लेखापरीक्षक शब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरुसँग पहल गर्न जोडदार माग समेत गरेको जानकारी उपाध्यक्ष दाहालले भिजन संसार डटकमलाई दिएका छन्।

बैठकले ७ जना सदस्यहरु जय धर्म पोखरेल, महानन्द गुरागाई, झनकराज ढुङ्गेल, नेत्र ज्ञवाली, कामोद झा, बसन्त पौडेल र कुमार खतिवडा लाई मनोनयन गरी ७३ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ। अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा २५ सदस्यीय सचिबालय, कमल खरेलको संयोजकत्वमा ९ सदस्यीय बिशेषज्ञ समिति, सूर्य प्रसाद अधिकारीको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिति, ध्रुवप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय लेखापरीक्षण समिति र शिब प्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ।

बैठकको पहिलो दिन बिहान बिधिपूर्बक काठमाडौको नयाँ बानेश्वर स्थित नयाँ कार्यालयको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलाबाट भएको थियो।
प्रकाशन मिति–२०७६ साल असार २१ गते आइतवार ।