काठमाडौं। नेपालकी पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना गरेकी छन्।

आइतबार हिमानी कोषको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत हिमानीले दैवीप्रकोप उद्धार कोष स्थापना भएको घोषणा गरेकी हुन्। कोषबाट विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने हिमानीले बताएकी छन्।

पूर्व युवराज्ञी हिमानीले विगतमा देशका विभिन्न भागमा अग्निपीडित र बाढीपीडितहरुलाई सहयोग गरेको स्मरण गराउँदै यो कार्यलाई निरन्तरता दिने बताइन्।

हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरु संग्रहित पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम पीडितहरुलाई सहयोग गर्ने भन्दै दैवी प्रकोपहरुमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल साउन १९ गते आइतवार ।