काठमाडौ। नेपालमा रहेका नेपालीहरुमा हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण नदेखिएतापनि विदेशवाट आउने नेपालीहरुमा देखिएको छ। यसक्रममा नेपालमा देखिएको छैठौं कोरोनाभाइरस संक्रमित नेपाली पनि विदेशवाटै आएको नेपाली हो।

नेपाल सरकारले कोरोना भाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको पुष्टि गरेको छ। बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैठौ नेपालीमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गरेको हो।

प्रवक्ता डा.देवकोटाका अनुसार, नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ। उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन्।

आज संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन्। दुबै बेल्जियमबाटसँगै नेपाल आएका थिए। संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको जनाएको छ।
प्रकाशन मिति–२०७६ साल चैत २० गते विहीवार ।