नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि शुक्रबार नेकपा नुवाकोट जिल्ला पार्टी अध्यक्ष हिरानाथ खतिवडाका अध्यक्षतामा केही महत्वपूर्ण निर्णय गरिएका छन्।

कोरोनाभाइरस मध्यनजर गर्दै नुवाकोट जिल्लामा पनि यस कोरोनाभाइरस संक्रमण हुन सक्ने अबस्था भएकोले यसको उपचारको लागि जिल्ला भित्र हाल एक मात्र संचालनमा रहेको जिल्ला अस्पताल त्रिशुलीलाई अति आबश्यक सेवाको रूपमा रहेको स्वास्थ्य सामाग्री आसियु र भेण्टिलेटर जस्ता सामाग्रीहरू यथाशीघ्र उपलब्ध गराउन र जिल्ला भित्र रहेका अन्य स्वास्थ्य केन्द्रहरूलाई आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरू पिपिई, थर्मल गन जस्ता अतिआबश्यक बस्तुहरूका यथाशिघ्र ब्यस्थापनको लागि संघीय ,प्रदेश र स्थानीय सरकारलाई आग्रह र अनुरोध गर्ने निर्णय गरेको छ।

नेकपा नुवाकोट पार्टी कार्यालय सदस्य एवंम बागमती प्रदेश सासंद बद्री मैनालीका अनुसार, नेपाल सरकारले यस महामारी रोकथाम तथा नियन्त्रणको लागि गरेको उल्लेखिनिय कदम लकडाउनका कारण समस्यामा परेका असाहय,मजदुर,बिपन्न तथा गरिब ब्यक्ति र परिवारहरूको पहिचान गरि राहत उपलब्ध गराउनको लागि तीनै तहको सरकारलाई अनुरोध र आग्रह गर्ने निर्णय समेत गरिएको छ।

नेकपा नुवाकोट पार्टीको तर्फबाट यस महामारीको कारण उत्पन्न विषम परिस्थितिलाई रोकथाम,नियन्त्रण तथा पिडितहरूका राहतका लागि पार्टीका तर्फबाट निर्बाचित जनप्रतिनिधी र जि.क. सदस्यहरूबाट प्रतिब्यक्ति क्रमशः संघीय सांसद दश हजार,प्रदेश सांसद सात हजार,नगर तथा गा.पा. प्रमुख पाँच हजार,नगर उपप्रमुख तीन हजार,गापा उपप्रमुख दुईहजार र पार्टी जिकसहरूबाट न्युनतम एक हजारका दरले संकलन गरि राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी न्यूजलाइन्सनेपाल डटकमका अध्यक्ष राजु भट्टले भिजन संसार डटकमलाई दिएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ५ गते शुक्रवार ।