काठमाडौं। जनयुद्धका कमाण्डर मध्येका एक कमाण्डर एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बल्ल हजुरबुवा बनेका छन्। छोरी मानुषी यमी भट्टराई तथा ज्वाई जेकेन्द्र श्रेष्ठलाई पुत्रलाभ भएपछि पूर्वप्रधानमन्त्री डा.भट्टराई हजुबुवा बनेका हुन।

आज असार २८ गते आइतवारका दिन त्रिवि शिक्षण अस्पतालमा डा.भट्टराई पुत्री मानुषीले शल्यक्रिया मार्फत पुत्रलाभ गरेकी हुन। शिशु र आमा दुवैको स्वास्थ्य स्थिति राम्रो भएको डा.भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत डा.भट्टराईले खुशी व्यक्त गर्दै यसो भनेका छन्–“बल्ल हजूरबा भैयो ! छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ ! टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा.गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद !”


प्रकाशन मिति–२०७७ साल असार २८ गते आइतवार ।