ललितपुर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमा स्वाबलम्बन जीवन पद्धतिको विकास गर्ने र गराउने अगुवाको रुपमा अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतम भएको र कृष्ण गौतमले जापानमा सिकेर आएको यो अवधारणालाई अठार बर्षअगाडिवाट नै नेपालमा लागू गरेका हुन्।

यो अवधारणाको कारण अपाङ्गता भएका व्यक्तिहरु घरमा सिमित रहेर परिवार, समाज अनि देशकै वोझ भएर बस्नु परेको छैन्। आफैले व्यक्तिगत रुपमा सक्षम बनेर स्वाबलम्बन बन्ने कार्य हुनु निश्चित रुपमा अपाङ्गता आन्दोलनको अभूतपूर्व सफलता हो। यो सफलताको श्रय अग्रज अपाङ्गता मानवअधिकारकर्मी एवम् स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर अर्थात इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले कृष्ण गौतमलाई दिएका छन्।

अठार बर्षअघि कृष्ण गौतमले नेपालमा अपाङ्गताको क्षेत्रमा स्वाबलम्बन जीवन पद्धति प्रारम्भ गर्दा आफूले यति धेरै सफल होला जस्तो नसोचेको वताउने अध्यक्ष श्रेष्ठ आज यति धेरै सफल भएर परिवारमा सिमित रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिवार वाहिर गाउं–ठाउं समाजमा ल्याएर स्वाबलम्बन बनाउन आफूहरु सक्षम बन्दा गौरबता लागेको वताउंछन्।

एघार दिने स्वाबलम्बन जीवन पद्धति कार्यक्रमको समापन समारोहमा आयोजित कार्यक्रममा शारीरिक रुपमा अपाङ्गत भएका विराटनगरका मनोज भट्टराई र पेशल कुमार पोखरेलले कार्यक्रम आफूहरुलाई अत्यन्त लाभदायक भएको र जीवन जिउने सारा गतिविधि एघार दिनमा सिकेको वताए ।

इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरले फेज नेपालसंगको सहकार्यमा युएसएआइडी सहयोगमा संचालित परियोजना अन्तर्गत नेपालमा स्वाबलम्बन जीवन पद्धति अवधारणाको विस्तार र सुदृढिकरण यस कार्यक्रम भएको हो।

 

प्रकाशन मिति–२०७८ साल साउन ११ गते सोमवार ।