काठमाडौ। सिरियाको एलेप्पो शहरमा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता मारिएका छन्। सैन्य हमलाको जवाफी कारबाहीमा प्रवक्ता अबु मोहमद अल अदनानी मारिएका हुन्।

IS-speaker-killedअदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे। गत मे मा सिरियाबाट भिडियो सन्देश प्रवाह गर्दै अदनानीले पश्चिमा राष्ट्रहरुमाथि आक्रमण गर्न मुस्लिम समुदायलाई अपील गरेका थिए। युरोपलगायत अन्य मुलुकमा गरिएका आक्रमणको मुख्य योजनाकार अदनानीलाई मानिएको छ।

सिरियाकै नागरिक अदनानी सन् २००३ मा इराकमा भएको अमेरिकी हमलामा अमेरिकाको विरोध गर्ने पहिलो विदेशी लडाकु थिए। उनको मृत्युले आईएसलाई ठूलो धक्का लागेको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल भदौ १५ गते बुधवार ।