काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा संगीतको सागरमा टल्किरहेको मोति नै मानिएका संगीतकार राजु सिंहको योगदान अतुलनिय नै रहेको छ। राजु सिंहको रित्तो सडकवाट यात्रा शुरु भएतापनि कालखण्डमा अनेक गीत हिट बने।

कतिपय ती कालखण्डका हिट गीत राजु सिंहका भनेर थाहा नहुन सक्छ ! पछिल्लो समय कता हिडे्को कसलाई खोजेको ए–विरानो परदेशी वोलको गीत पछि म पग्लीसके वोलको गीत भिडियोकै कारण फेरि चर्चामा आएको छ। मिलन नेवारको गायन तथा योगेन्द्रमणि दाहालको कालजयी शव्द रहेको यस गीतको भिडियोमा गजबको कथावस्तु रहेको छ।

लागूऔषध दूव्र्यसनी तथा लागूऔषधकै सप्लायरको मायाबी प्रेमीले गरेको माया, प्रेमवाट अपराध पत्ता लगाउने कार्य गरेको भिडियोमा कथा उनिएको छ। यस मायाबी गीतको भिडियोमा सन्तोष गिरी सिलवाल तथा एकेसा विष्टको मायाबी अभिनय रहेको छ। भुषण दाहालको निर्देशनमा वनेको यस भिडियोका कारण गीतले थप उचाई पाएको संगीतकार राजु सिंहको भनाई छ।

श्रवण र भिजन दुवैको समिश्रण भएपछि गीतले गमकता पाउने कुरामा गीतकार योगेन्द्रमणि दाहालको पनि बुझाई रहेको छ। गीतको भिडियोमा पासिङ सटमा भएपनि देखिएकी गायिका मिलन नेवारको लागि यो गीत त गायनको टर्निङ प्वाइन्ट नै बनेको छ। यस गीत माया नै माया भाग १ नामक एल्बममा संग्रहित रहेको छ।

प्रकाशन मिति–२०७७ साल असार ४ गते विहीवार ।