काठमाडौ। काठमाडौको अनामनगरस्थित मूल सडकमा रहेको विजुलीको पोलमा बुधवार मध्य दिउंसो १ बजेतिर भयानक आगलागी भएको छ। स्थानियका अनुसार विजुलीको पोलमा विजुलीको अचानक सट हुन पुग्दा एकाएक आगलागी भएको हो।

anamnagar-ma-aago

आगलागीवाट विजुलीको पोलमा रहेका नेपाल विद्युत प्राधिकरणका तार, नेपाल टेलिकमका टेलिफोन तार लगायत विभिन्न केवुलका केवुल तार व्हारव्हार्ती बलेको थियो। जसले गर्दा सडकमा सवारी आगमनमा केही बेर अवरोध भएको थियो।

करिब १५ मिनेट जति विजुलीको पोलमा व्हारव्हार्ती आगलागी हुंदा अनामनगर तनावग्रस्त बनेको थियो। प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ हुन गएको थियो। पछि बारुण यन्त्रका कर्मचारीले आगलागी नियन्त्रणमा ल्याएको थियो।

अनियन्त्रित रुपमा काठमाडौ शहरलाई नै कुरुप पार्दैआएको यस्ता विजुलीका तारका पोलहरु समस्याको रुपमा देखिन थालेको छ। यसलाई व्यवस्थित गर्नतर्फ सरकार निराश देखिएको छ।

https://www.facebook.com/michael.sujan.58/videos/706474236173694/?pnref=story
प्रकाशन मिति–२०७३ साल कात्तिक १० गते बुधवार ।