काठमाडौं। कोरोना कहरको वर्तमान विषम परिस्थितिमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउनका लागि मारवाडी सेवा समितिले होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्ने कार्य भएको छ।

काठमाडौंको बसन्तपुर लगायत काठमाडौं महानगरपालिकाका प्राय वडाहरुवाट कोरोना विरुद्धको रोगप्रतिरोधात्मक भनिएको
होमियोप्याथिक औषधि वितरण गरिएको मारवाडी सेवा समितिले जनाएको छ।

कोरोना विरुद्धको इम्युनिटी पावर वढाउने विश्वास गरिएको होमियोप्याथिक औषधि काठमाडौंको बसन्तपुरमा सार्वजनिक रुपमा मंगलवारवाट वितरण गरिएको भिजन संसार प्रतिनिधि खगेश रञ्जितकारले भिडियो मार्फत जानकारी दिएका छन्।

रञ्जितकारको भिडियो रिपोर्ट अनुसार, बसन्तपुरमा हरेक दिन मध्यान्ह १२ बजेदेखि २ बजेसम्म कोरोना विरुद्धको इम्युनिटी पावर बढाउने औषधि वितरण नियमित रुपमा हुने भएको छ। त्यस औषधि निःशुल्क लिनका लागि सर्वसाधारण देखि उच्च सरकारी पदाधिकारीहरुले पनि लिने गरेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ २७ गते मंगलवार ।