काठमाडौं। लकडाउनको विषम परिस्थितिमा रगतको आवश्यकतालाई महशुश गरेर विशेष रक्तदान कार्यक्रम भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर १८ नरदेवी ताम्सीपाखा बुराँख्य स्थित बुराँख्य ल्यायम्ह पुचःको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको हो।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा राज्यमन्त्री मानन्धरले आफूले पनि ५० पल्ट रक्तदान गरिसकेको र यो अत्यन्त पुण्य कार्य भएको बताउंदै रक्तदाताहरुलाई हौसला प्रदान गरेका थिए।

५१ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हूच्छेकाजी महर्जनको विशेष सहभागिता रहेको थियो।

आयोजक बुराँख्य ल्यायम्ह पुचःका अध्यक्ष बिजु श्रेष्ठको सभापतित्वमा भएको विशेष रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई विशेष सम्मान–पत्रव्दारा सम्मानित पनि गरिएको थियो।


(खगेश रञ्जितकारको रिपोर्टिङमा आधारित)

प्रकाशन मिति–२०७७ साल जेठ २९ गते विहीवार ।