काठमाडौं। नेपाली बिश्व कीर्तिमानी एडभेन्चर स्टार एवम् अभिनेता गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। विलकुलै नयाँ जोश तथा उमंगका साथमा नेपाली विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित नयाँ गीत पिरतीको गीत भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा अभिनेता खातीलाई नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छन्। दुईको अभिनय केमिष्ट्री अत्यन्त […]
–रविन पिया अस्टिन (टेक्सास, अमेरिका)। आउॅदो फेब्रुवरी १६, २०२३ मा नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्ष पूरा हुंदैछ । यो गौरबमय अवसरमा यही फेब्रुवरी १५, २०२३ का दिन टेक्सास राज्यको संसदमा “नेपाल डे” नामक प्रस्ताव पेश हुने भएको छ। हरेक वर्षको फेब्रुवरी १६ लाई “नेपाल डे” घोषणाको प्रस्ताव टेक्सास राज्यको […]
काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा वर्तमान मेयर बालेन्द्र साहलाई आभार प्रकट गरेका छन्। पूर्व मेयर शाक्यले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप काठमाडौं महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार […]
काठमाडौं। टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएको छ। टर्की र यसको छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १२ सय भन्दा बढीको मृत्यु भएको भइसकेको छ। बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ः१७ बजेमो समयमा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको […]
काठमाडौं। लिच्छवीकालिन नगरी आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट मुख्यालय रहेको समुदायकै अब्बल सहकारी सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा पनि अब्बलता हासिल गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी सहकारीले बेला बखत विभिन्न सामाजिक कार्यमा सहयोगात्मक कार्य गरेर अब्बलता हासिल गरेको हो। यसक्रममा यो माघ महिनाको १६ र २१ गते […]
काठमाडौं। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हो । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत थिए। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन […]